Comments Add Comment

‘मिनी इण्डिया’को चुनावी नतिजा आज, कसले मार्ला बाजी ?

२५ मंसिर, काठमाडौं । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा आज सार्वजनिक हुँदैछ । मध्य प्रदेश, राजस्थान, छत्तिसगढ, तेलंगना र मिजोरम राज्यको चुनावको नतिजा सार्वजनिक हुन लागेको हो । यी पाँच राज्यहरुलाई ‘मिनी इण्डिया’ अर्थात ‘सानो भारत’ पनि भनिन्छ । त्यसैले विधान सभा चुनावको नतिजा कसको पक्षमा जान्छ भन्ने चासो व्यापक छ ।

पूर्व मत सर्वेक्षणका अनुसार मध्यप्रदेश र छत्तिसगढमा सत्तारुढ भाजपा र कांग्रेस आईबीच कडा टक्कर हुने बताइन्छ । राजस्थानमा कांग्रेस अगाडि देखिन्छ । यसैगरी तेलंगनामा मुख्यमन्त्री चन्द्रशेखर रावको नेतृत्वमा सत्तारुढ टीआरएसको पुनरागमनको सम्भावना देखिएको आंकलन छ ।

भाजपाले सबै २३० सिटमा आफ्ना उम्मेदवार उतारेको छ । विपक्षी कांग्रेसका भने २२९ सिटमा उम्मेदवार छन् । कांग्रेसले एक सिट भने आफ्नो सहयोगी शरद यादवको लोकतान्त्रिक जनता दलको लागि छाडेको छ ।

आम आदमी पार्टी -आप)ले २०८ सिटमा चुनाव लडेको छ । बहुजन समाज पार्टी -बसपा) २२७, शिवसेनो ८१ र समाजवादी पार्टी -सपा) ५२ सिटमा चुनाव लडेका छन् ।

मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आफ्नो परम्परागत क्षेत्र बुधनीबाट नै चुनावी मैदानमा छन् । उनीविरुद्ध कांग्रेसले पूर्व केन्द्रीय मन्त्री एवम् मध्यप्रदेश कांग्रेसका पूर्वअध्यक्ष अरुण यादवलाई उम्मेदवार बनाएको छ । चौहानले यो क्षेत्रबाट चार पटक निर्वाचित भइसकेका छन् र हरेक निर्वाचनमा उनले जितको अन्तर पनि बढाउँदै लगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment