Comments Add Comment

अम्बानीकी छोरीको पार्टीमा सलमान ब्याकग्राउन्ड डान्सर !

पैसाको शक्ति कति ठूलो हुन्छ भन्ने आँकलन नै गर्न सकिन्न रहेछ । अन्यथा बलिउडका सुपरस्टार सलमान खानलाई एउटा धनाढ्यको पार्टीमा ब्याक ग्राउन्ड डान्सरको रुपमा देख्न सकिने थिएन होला ।

प्रसंग हो, भारतीय धनाढ्य मुकेस अम्बानीकी छोरी ईशा अम्बानीको प्रि-वेडिङ पार्टीको । ईशाको १२ डिसेम्बरमा मुम्बईमा बिहे हुँदैछ । त्यसअगाडि सोमबार उदयपुरमा संगीत समारोह आयोजना गरिएको थियो । उक्त समारोहमा बलिउड पूरै उर्लेको थियो ।

जब स्टेजमा शाहरुख खानको फिल्म ‘कुछ कुछ होता हे’ को गीत ‘कोही मिल गया’ घन्किरहेको थियो, मुकेशका छोरा तथा ईशाका दाइ अनन्त अम्बानी गिटार बोकेर डान्स गर्न उक्लिए । उनलाई केही ब्याकग्राउन्ड डान्सरहरुले साथ दिए । र, तीन ‘ब्याक ग्राउन्ड’ डान्सरको साथमा देखिए सलमान खान पनि । अनन्तको ब्याकग्राउन्ड डान्सरको रुपमा उनले पनि जमेर डान्स गरे ।

यतिबेला सामाजिक सञ्जालमा सलमान खानमाथि अनेक मजाकहरु भइरहेका छन् । उनीमाथि अनेक ट्रोलहरु बनेका छन् । पैसावाललाई रिझाउनका लागि ब्याक ग्राउन्ड डान्सर बन्नसमेत तयार भएको भनेर धेरैले टिप्पणी गरेका छन् । सलमानले कुनै जवाफ दिएका छैनन् ।

उक्त समारोहमा बलिउडको बबाल जमघट देखिएको थियो । सलमान खानकी पूर्वप्रेमिका ऐश्वर्या राय आफ्ना पति अभिषेक बच्चनसहित पुगेकी थिइन् । यस्तै अर्की पूर्वप्रेमिका कटि्रना कैफ पनि त्यही थिइन् । दीपिका पादुकोण आफ्ना नवदुलाहा रणवीर सिंहसँग थिइन् भने दीपिकाका पूर्वप्रेमी रणवीर कपुर पनि त्यहीँ नाचिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment