Comments Add Comment

सरकारले कुटनीतिक मर्यादा बिर्सियोः प्रकाशमान सिंह

२५ मंसिर, रामेछाप । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले कुटनीतिक मर्यादा पनि भुलेको आरोप लगाएका छन् ।

विदादास्पद संस्थाको कार्यक्रममा सरकार नै आयोजकका रुपमा प्रस्तुत हुनु मुलुकका लागि लज्जास्पद भएको भन्दै उनले सुरक्षा र कुटनीतिक मर्यादा भुलेर एनजीओ/आईएनजीओको पछि लाग्नु दुखद भएको बताए ।

रामेछापको मन्थलीमा प्रेस युनियनले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले दुई तिहाईको धक्कु लगाउने संघीयता कार्यान्वयनमा आवश्यक कानून निर्माण गर्नै नसकेको बताए ।

सरकार असफल भइसकेकोले नेकपाबाटै सरकारको आलोचना सुरु भएको भन्दै उनले सरकारले गर्नुपर्ने भन्दा आनावश्यक काममा हातहालेर विवादमा मुछिने काम गरेको जिकिर गरे ।

अर्को प्रशंगमा बोल्दै नेता सिंहले समयको माग अनुरुपमा नेपाली कांग्रेस चल्न नसकेको बताएका छन् । आफूले कांग्रेस सुधारको आवाज उठाउँदै आएको भन्दै उनले विधान परिवर्तनका लागि आवशयक निर्णय लिन महासमिति बैठक बस्न लागेको जानकारी दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य बलबहादुर केसी, रामेछापका सभापति लवश्री नेउपाने, काठमाडौंका सभापति सबुझ बानियाँलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment