Comments Add Comment

नेता रिहाइको माग गर्दै तीन विद्यार्थी संगठनले दिए अान्दोलनको चेतावनी

२५ मंसिर, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आन्दोलनका क्रममा बिभिन्न ठाउँबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई रिहा गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

सत्तारुढ अनेरास्ववियुका कार्यबहाक अध्यक्ष रश्मि आचार्य, अनेरास्ववियु -क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ र कांग्रेस निकट नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले संयुक्त विज्ञप्ति निकाली विद्यार्थीहरुलाई रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

मप विश्वविद्यालयका रजिष्ट्रार महेन्द्र मल्ललाई निलम्बन गरी नयाँ रजिष्ट्रार नियुक्त गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।
ऐन, कानून मिचेर रजिष्ट्रार निलम्बन गरिएको भन्दै उनीहरु उपकुलपति उपेन्द्र कोइरालाविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनलाई सहयोग गरेको भन्दै प्रहरीले सोमबार नेविसंघका केन्द्रीय सदस्य विवेक आचार्यलाई नेपालगञ्जबाट, अखिल -क्रान्तिकारी)का केन्द्रीय सदस्य देवीचन्द्र उपाध्यायलाई काठमाडौंबाट र अनेरास्ववियुका नेता तथा मप विश्वविद्यालयका सचिव भरत शाहीलाई सुर्खेतबाट पक्राउ गरेको थियो ।

मंगलबार पनि मप विश्वविद्यालयका स्ववियु सभापति झकबहादुर शाही, कोषाध्यक्ष सुशील भट्टराई र नेविसंघ नेता मोहन राना पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment