Comments Add Comment

सारा भन्छिन्-‘मलाई बक्स अफिसले फरक पार्छ’

चलचित्र ‘केदारनाथ’बाट बलिउडमा प्रवेश गरेकी नायिका सारा अली खानले आफूलाई बक्स अफिस कलेक्शनले फरक पार्ने बताएकी छिन् । साराको डेब्यू चलचित्र ‘केदारनाथ’ अहिले हलमा चलिरहेको छ । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई पनि गरिरहेको छ ।

चलचित्रले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको समयमा नायिकाले आफूलाई बक्स अफिसले धेरै नै प्रभाव पार्ने बताएकी छिन् । साराले आफूलाई बक्स अफिसको बारेमा धेरै थाहा नभएपनि यसले प्रभाव पार्ने बताइन् । साराले भनिन्-‘म कलेक्शनको बारेमा धेरै वुझ्न सक्दिना । तर, करिअरको सुरुवातीमा मलाई बक्स अफिसले फरक पार्छ । किनकी, पहिलो चलचित्र धेरै मानिसले आएर हेरुन् भन्ने लाग्नु स्वभाविक नै हो ।’

साराले कुनै चलचित्र दर्शकका लागि नै गर्ने भएकाले पनि धेरै भन्दा धेरै दर्शकले हेर्न आवश्यक रहेको सुनाइन् । सारालाई दर्शकले रुचाइसकेका छन् । उनकै कारण ठूलो संख्याका दर्शकले यो चलचित्र हेरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment