Comments Add Comment

पार्लर धाउनु पर्दैन, यसरी गर्नुस ‘स्मार्ट मेकअप’

विवाहको माहोल छ । विवाहमा बेहुली मात्र होइन, जन्ती जानेहरुले पनि आफूलाई राम्री देखाउन अनेक प्रयास गर्छन् । आफूले नसके पार्लर धाउँछन् ।

त्यसो त अरुबेला पनि महिलाहरुले आफ्नो सौन्दर्यमा ध्यान नदिने होइनन् । उनीहरु आफ्नो अधिकांश पैसा त मेकअपमै खर्चने गर्छन् । तर, मेकअपलाई सही तरीकाले प्रयोग गर्न नसक्दा उनीहरुले गरेको खर्चले उल्टै शरीरलाई हानी पुगिरहेको हुन्छ । अनुहार सुन्दर देखिनुको सट्टा झनै भद्दा देखिन सक्छ ।

निम्नलिखित ‘स्मार्ट’ उपाय अपनाएर तपाईं अनुहारलाई परफेक्ट लुक दिन सक्नुहुन्छः

– मेकअप गर्नु पहिले अनुहारलाई राम्ररी फेसवासले धुुनुपर्छ । त्यसपछि अनुहारलाई ताजा र स्वस्थ देखाउनका लागि वरफको टुक्राले करिब पाँच मिनेट राम्ररी मसाज गर्नुपर्छ । यसले अनुुहारको डन्डिफोर कम गर्न पनि मद्दत मिल्छ । अनुहारमा निखार ल्याउनका लागि मसाजपछि क्लिञ्जर वा टोनरको पनि प्रयोग गर्न सकिन्छ ।

-बदलिदो मौसममा अनुहार तथा छालामा विभिन्न परिवर्तन देखिन्छन् । छाला रुखो तथा सुख्खा हुने गर्छ । त्यसैले अनुहारलाई नरम बनाउन मोइस्चराईजर क्रिमको प्रयोग जरुरी छ । छाला चिल्लो भएमा तेलरहित मोइस्चराइजर क्रिमको प्रयोग गर्नु पर्दछ ।

-अनुहार पहेँलो भएमा लाइट सेडको लिपस्टिक भुलेर पनि प्रयोग गर्नु हुँदैन । अन्यथा, यसले तपाईंलाई बिरामीजस्तो बनाइदिन्छ ।

-मेकअप गर्दा प्राइमरको पनि प्रयोग गर्नु राम्रो हुन्छ । भारतका चर्चित मेकअप आर्टिस्ट बीणा धवलका अनुसार प्राइमरको प्रयोगले फाउन्डेसन वा मोइस्चराइजरलाई पूरा दिन टिकाउन बेस प्रदान गर्छ । बजारमा थरी-थरीका प्राइमर उपलब्ध छन् । छाला चिल्लो हुने व्यक्तिले जेलेबेस प्राइमरको प्रयोग गर्न सक्छन् भने सुख्खा छाला हुने व्यक्तिले आयल बेस प्राइमर प्रयोग गर्नुपर्छ ।

-दाग, धब्बा वा डार्क सर्कल लुकाउन अनुहारमा फाउन्डेसनको प्रयोग गरिन्छ । आˆनो स्किन टोनभन्दा एक सेड लाइट फाउन्डेसन मात्र खरीद गर्नु पर्दछ । अन्यथा, अनुहार कृत्रिम देखिन्छ ।

-छाला चिल्लो हुनेले म्याट फिनिस फाउन्डेसन प्रयोग गर्नुपर्दछ । यसले छाला चिल्लो देखिदैन । जबकि सुख्खा छाला हुनेले भने यस्ता फाउन्डेसनबाट टाढै रहनुपर्दछ । अन्यथा, अनुहारमा प्याच देखिने गर्दछ ।

-मेकअप लगाउँदा व्युटी व्लेन्डरको प्रयोग गर्न जरुरी छ । हातले मेकअप गर्दा अनुहारमा फिनिसिङ आउँदैन, जसका कारण अनुहारमा कतै सेतो त कतै कालो देखिने गर्दछ ।

-अनुहारको डार्क सर्कल तथा पिम्पल्स लुकाउनका लागि कन्सिलरको प्रयोग गरिन्छ । कन्सिलरको प्रयोग अनुहारमा फाउन्डेसनभन्दा पहिले पनि गर्न सकिन्छ ।

-अनुहारमा मेकअपलाई सेट गर्न सेटिङ्ग स्प्रेको पनि प्रयोग गर्न सकिन्छ । यसले अनुहारको मेकअप फैलिन पाउँदैन र अनुहार पर्फेक्ट देखिन्छ ।

कसरी देखिने आकर्षक

सुन्दर तथा आकर्षक देखिन सही ड्रेसको साथमा सुहाउँदो मेकअप जरुरी छ । आकर्षक देखिने भन्नासाथ सबैभन्दा पहिले ध्यान जाने भनेको आँखामै हो ।

महिलाहरुले गाजल लगाउँदा वाटर लाइनको वेवास्ता गरिरहेका हुन्छन् । यदि माथिल्लो परेलामा पनि गाजल लगाए आँखा अझ बढी आर्कषक देखिन्छ ।

व्लस लगाउनासाथ अनुहार सुन्दर तथा आकर्षक देखिन थाल्छ । तर सही  रङ्गको व्लस चुन्न निकै जरुरी छ । विशेषगरी, हेभी व्लस लगाउँदा भद्दा देखिनसक्ने भएकोले यसतर्फ ध्यान दिन निकै जरुरी छ ।

– अनुहारको अर्को आकर्षण हो ओठ । ओठलाई सुन्दर तथा आकर्षक देखाउन लिप लाइनरको प्रयोग गर्न सकिन्छ । लिप लाइनर लगाउँदा लिपस्टिकको रङ्गसित मेल खानुपर्छ । अन्यथा, अनुहार निकै भद्दा देखिन्छ ।

मेकअप हटाउने सही तरीका

राति मेकअप हटाएर मात्र सुत्नु पर्छ । अन्यथा मेकअपमा रहेका केमिकल्सले अनुहारलाई हानी गर्न सक्छन् । मेकअप हटाउनका लागि राम्रो ब्राण्डको मेकअप रिमूभर प्रयोग गर्नुपर्छ ।

मेकअप रिमूभर नभएको अवस्थामा चिसो दूधद्वारा पनि मेकअप उतार्न सकिन्छ । मेकअप उतारिसकेपछि एलोभेरा जेलले मसाज गर्नुपर्छ । यसले छाला नरम बनाउनुका साथै अनुहारको सुन्दरता कायम राख्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment