Comments Add Comment

कांग्रेस महासमिति बैठक शनिबारदेखि

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक २९ गते सुरु हुने भएको छ । देशभरका महासमिति सदस्यहरु अघिल्लो दिन नै काठमाडौं आइपुग्नेछन् ।

महासमिति बैठकको उद्घाटन मंसिर २९ गते शनिबार हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यही दिन साँझ राजनीतिकसहितका दस्तावेज पेश गर्ने र १ गतेबाट छलफल थाल्ने तयारी छ ।

महासमिति बैठकमा पेश गर्ने आर्थिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पास गरेको छ भने राजनीतिक प्रतिवेदन पेश हुन बाँकी छ ।

विधान मस्यौदामाथि छलफल सकिएको छ तर, पदाधिकारी संख्या लगायतका विवादमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच सहमति जुट्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment