Comments Add Comment

‘यात्रा’मा सलिनको कडा मिहिनेत

आफ्नो डेब्यू चलचित्र ‘ए मेरो हजुर ३’बाट चर्चा कमाएका नायक सलिनमान बनियाँ अहिले दोश्रो चलचित्र ‘यात्रा’को काममा व्यस्त छन् । दोश्रो चलचित्रको हाल धमाधम डबिङ भैरहेको छ । यो चलचित्रको डबिङ सलिनले थालेसँगै यसको कामपनि अन्तिम चरणमा पुगेको छ ।

चकलेटी अनुहार र कोरियन लुक्स भएका कारण उनका ˆयान स्वदेशसँगै विदेशमा पनि उतिकै छन् । चलचित्रमा सलिनले आफ्नो उत्कृष्ट काम गरेको चर्चा यसको निर्माण टिममा छ । चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । उनले भने-‘हामीले चलचित्रमा जर्नीको क्रममा आउने घटनाक्रमलाई देखाउने कोशिस गरेका छौ ।’ सलिनले आफू दोश्रो चलचित्रमा आइपुग्दा परिपक्क भएको बताएका छन् ।

चलचित्रमा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । मल्लिका महत्तले यो चलचित्र मार्फत डेब्यू गरेकी छिन् । यो चलचित्रमार्फत नायिका मल्लिका महत्तले डेब्यू गर्दैछिन् । यो चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता छन् । चलचित्रमा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह – निर्माता रहेका छन् ।

चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने कार्यकारी निर्माता सर्जुमान लिगल छन् । यो चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment