Comments Add Comment

एकलाख घुससहित पक्राउ परेका प्रहरी हवल्दारलाई भ्रष्टाचारको मुद्दा

२५ मंसिर, काठमाडौं । एक लाख घुससहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख बिगो जरिवाना र कैद सजाय माग गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा सुदामा विरुद्ध मुद्दा दायर गरेको हो ।

पानमसालाजन्य पदार्थको व्यवसाय संचालन गर्न सहज गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गरेको सूचनाका आधारमा हेटौंडाबाट खटिएको अख्तियारको टोलीले उनलार्इ पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment