Comments Add Comment

भीरबाट लडेर बैतडीमा १३ वर्षीय बालिकाको मृत्यु

२५ मंसिर,  दार्चुला । बैतडीमा १३ वर्षीय बालिकाको भीरबाट लडेर मृत्यु भएको छ । दोगाडाकेदार गाउँपालिका-६ सित्तड सलेनाकी १३ वर्षीय बालिका देवकी गोयलाको भीरबाट लडेर मृत्यु भएको हो ।

सोमबार घाँस काट्ने क्रममा भीरबाट खसेकी बालिकाको शव मंगलबार विहान मात्रै फेला परेको मृतकका दाजु गजबहादुर गोयलाले जानकारी दिए । गाउँमै रहेको पञ्चदेवल आधारभूत विद्यालय रिँठेगाउँमा कक्षा ४ मा अध्ययनरत थिइन् ।

सुदूरपश्चिमका  दार्चुला, बैतडी, बझाङ र बाजुरालगायतका पहाडी जिल्लाहरुका महिलाहरुको घाँस काट्ने क्रममा लडेर वर्षेनी मृत्यु  हुने गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment