Comments Add Comment

हुन्डाईको ‘टुशान-२०१९’ नेपालमा

२५ मंसिर, काठमाडौं । हुन्डाइका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एसयूभी टुशन २०१९ नेपाली बजारमा भित्राएको छ ।जसमा नवीनतम तथा पि्रमियम सङ्गालो छ ।

नयाँ टुशन आकर्षक विशेषताहरुले सु-सज्जित छ, जसले गर्दा यो गाडीको पावर, सुविधा तथा लक्जरी खोज्ने सम्पूर्ण व्यक्तिहरुको सहि छनौट हुनेछ । नवीनतम ड्राइभिङ प्रविधिहरु सहितको नयाँ टुशनमा कडा सुरक्षाको प्रावधानहरु राखिएको छ ।
नयाँ टुशनको बनौट निकै नै आकर्षक छ, जस अन्तर्गत नयाँ डिजाइनको लेडल्याम्प, र्‍याडियटर गि्रल, पाङग्राको बनोट, पछाडीको बर्‍ती र बम्परको सम्मिश्रण रहेको छ ।

यसमा आन्तरिक स्पेश अत्याधिक हुनुका साथै संसारकै विशिष्ट प्रविधिहरुको प्रयोग गरिएको छ । नयाँ टुशनमा चालक/सह-चालकको ८ भिन्न तहको सिट समायोजन सुविधा, अगाडिको सिट तताउन मिल्ने विशेषता सहितको सम्पूर्ण छालाको सिट कन्ट्रोल, ताररहित स्मार्टफोन चार्जिङ्ग सुविधा, पछाडीको सिट ढल्काउन मिल्ने तथा ड्राइभ मोडको विकल्प पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment