Comments Add Comment

आईएमई लाईफ ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

२५ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आईएमईर् लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरे ।

एनआईसी एशिया मुलुकभर २७० शाखा कार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्स्ाटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment