Comments Add Comment

विधानसभा चुनावी परिणामः मोदीका लागि खतराको घन्टी ?

काठमाडौं । २०१९ को आम चुनाव अघि पाँच राज्यमा भएको चुनावलाई सेमिफाइनल मानिएको थियो । तर, यसमा कांग्रेसले भारतीय जनता पार्टी -भाजपा)लाई उनको गढमा चुनौती दिने मात्र होइन, सत्ताबाट बाहिर पुर्‍याउन सक्छ भन्ने देखाएको छ ।

अन्तिम परीणाम आइसकेको छैन तर, राजस्थान र छत्तीसगढमा कांग्रेसले बहुमतको सरकार बनाउने लगभग पक्का छ । मध्यप्रदेशमा कहिले कांग्रेस त कहिले भाजपा अगाडि हुने गरेको छ तर, सबैभन्दा धेरै गुमाउने भाजपा हुनेमा शंका छैन ।

कांग्रेसले मिजोरममा सरकार गुमाउने भएको छ तर, त्यहाँ भाजपा होइन, क्षेत्रीय पार्टी प्रष्ट बहुमतमा छ । तलंगनामा सत्तरुढ क्षेत्रीय पार्टी अझ बलियो भएको छ ।

यो चुनावी परिणाको कुरा गर्दा सबैभन्दा पहिलो यो छ कि राहुल गान्धीलाई नरेन्द्र मोदीसँग प्रतिस्पर्धामा उभ्याएको छ । राहुलले सावित गरेका छन् कि उनी मोदीलाई चुनौती दिन सक्छन्, उनको सामना गर्न सक्छन् र हराउन पनि सम्छन् ।

गान्धी परिवारलाई नजिकबाट हेरिरहेका वरिष्ठ पत्रकार रशीद किदवाई भन्छन्, यो नजिताले राहुलको कन्फिडेन्ट बलियो हुनेछ र २०१९ को अझ राम्रो तयार गर्न सक्छन् ।’

राहुलको यो जितमा मध्य प्रदेश र छत्तीसगढमा १५ वर्षदेखि चल्दै आएको भाजपा सरकारको भूमिकाको पनि योगदान छ । राजस्थानमा बसुन्धरा राजे सरकाप्रति आक्रोस पनि थियो । सँगसँगै राहुलले आफूलाई नेताका रुपमा विकास गरे ।

अझै शक्तिशाली छन् मोदी

भारतमा अब २०१९ को आम चुनावका लागि करिव चार महिना मात्र बाँकी छ । अहिले जुन चुनावी माहौल देखिएको छ, यो लोकसभा चुनावसम्म रहनेछ ।

यसमा कुनै शंका छैन कि पाँच राज्यको चुनावले आम कार्यकर्ता मात्र होइन, अरु दलमा पनि राहुलको स्वीकार्यता बढ्नेछ । राजस्थान, मध्यप्रदेश र छत्तीसगढको चुनावी र्‍यालीहरुमा राहुलले लगातार आम मानिस, गरिब, दलित र किसनको मुद्दा उठाए । साथै रफाल मुद्दा र बैंकको डुब्दै गएको रकममा प्रश्न गरे ।

अर्कोतिर नरेन्द्र मोदीले लगातार यसबारे जवाफ दिन छल्दै आए । किनकी उनीसँग ठोस जवाफ पनि छैन । अब मोदीले जवाफ दिनुपर्छ र हरेक प्रश्नको जवाफमा वितेको ७० वर्षलाई जिम्मेवार देखाएर उम्कन सक्ने अवस्था हुन्न ।

यो बीचमा मतदातालाई रिझाउन राहुलले मन्दिरको चक्कर पनि लगाए । तर, अझै पनि लोकपि्रयताको हिसावमा मोदी अझै अगाडि छन् र मध्य प्रदेश र राजस्थान जस्ता राज्यमा भाजपाको भोट प्रतिशत धेरै घटेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment