Comments Add Comment

सेलिब्रिटी वाचः प्रेमीसँग आएकी साम्राज्ञीलाई बाहिर निस्कन धौ–धौ

चलचित्र ‘मारुनी’को घोषणा कार्यक्रममा एकसाथ पुगेका नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र उनका प्रेमी देवांश जंगबहादुर राणाको लुकामारी गज्जबकै देखियो । काठमाण्डौको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा साम्राज्ञी र उनका प्रेमी राणा एकसाथ पुगेका थिए । उनीहरु हलको पछाडिको भागबाट प्रवेश गरेका थिए । कार्यक्रममा प्रवेश गरेसँगै साम्राज्ञी पहिरन परिवर्तन गर्नमा व्यस्त बनिन् भने देवांश कार्यक्रम हलमा आएर बसेका थिए ।

कार्यक्रम सुरु भएपछि देवांश साम्राज्ञीले स्टेजमा ¥याम्प शो गर्दै गर्दा उनको भिडियो लिनमा व्यस्त देखिए । कार्यक्रम सकिएपछि उनी डिनर हलतिर भौतारिएका थिए भने कहिले साम्राज्ञी भएको कोठामा पुग्थे । केही छिनमा यी दुई एकसाथ भएपनि मिडियाको क्यामेरामा पोज दिन भने मानेनन् । साम्राज्ञीलाई मिडियाले आग्रह गरेपनि उनीहरुले एकसाथ पोज दिएनन् । दुइले एकसाथ कुराकानी गर्न पनि मानेनन् ।

कार्यक्रम सकिएपछि साम्राज्ञी र उनका प्रेमीलाई हलबाट निस्कन बहुतै गाह्रो पर्यो । यी दुइलाई कुरेर बसेका फोटोग्राफरहरुले पछ्याएपछि दुइलाई बाहिर निस्कन धौ धौ परेको हो । यही विचमा साम्राज्ञीका प्रेमी राणा गाडीमा गएर बसेका थिए भने साम्राज्ञीलाई उनका एक नजिकका दाइले स्कुटीमा राखेर हलको गेटसम्म पुर्याएका थिए । तर, पनि फोटोग्राफरहरुले उनलाई छाडेनन् ।

गेटमा स्कुटीसम्म पुगेकी साम्राज्ञी सुटुक्क प्रेमीको गाडी चढेर हल परिसरबाट बाहिरिएकी थिइन् । साम्राज्ञी र देवांशु बाहिरिएतापनि साम्राज्ञीकी आमा नेहा आर एल राणा भने लामो समय कार्यक्रममा बसेकी थिइन् ।
सार्वजनिक कार्यक्रममा प्रेमीसँग आएतापनि साम्राज्ञीलाई उनीसँगै तस्बिर खिचाउन भने यति सकस किन भएको हो, उनले नै जान्ने कुरा भयो । साम्राज्ञी र देवांशु केही समयदेखि प्रेममा छन् । केहि हप्ता अगाडि साम्राज्ञीको जन्मदिन उनै देवांशुको घरमा सेलिव्रेट गरिएको थियो ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment