Comments Add Comment

विविधतायुक्त संस्कृति नेपालीको अमूल्य निधि: राष्ट्रपति

२६ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले आपसी मेलमिलाप, सदभाव र सहिष्णुता सुदृढ पारेको बताएकी छन् ।

विवाहको पञ्चमीको अवसरमा एक शुभकामना सन्देश जारी गर्दैै उनले यसबाट राष्ट्रिय एकताको भावनासमेत जागृत भएको उल्लेख गरेकी छन् ।

‘प्राचीन सांस्कृतिक पर्वले आपसी मेलमिलाप, सदभाव र सहिष्णुता सुदृढ पारेको छ’, राष्ट्रपतिले भनेकी छन्, ‘धार्मिक तथा साँस्कृतिक विविधतायुक्त हाम्रो संस्कृति हामी नेपालीका अमूल्य नीधि हुन् । ’

ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले आदिकालमदेखि सम्पन्न मिथिलाको आदर्श राज्य र राजश्री जनकको प्रसंग उल्लेख गर्दै यसले गौरवको अनुभूति गराउने बताएकी छन् ।

मर्यादा पुरुषोत्तम श्रीराम र जानकीको विवाह भएको मंसिर शुक्ल पञ्चमीको सम्झनामा विवाह पञ्चमी मनाइने गरिन्छ । सांस्कृतिक नगरी जनकपुरधाममा आज विवाह पञ्चमी महोत्सव हुँदैछ । राम–सीताको विवाह महोत्सवमा सहभागी हुन भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती लिएर जनकपुर आउँदैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment