Comments Add Comment

जनकपुर आए योगी आदित्यनाथ, जानकी मन्दिरमा पूजाअर्चना

२६ मंसिर, धनुषा । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका छन् । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् ।

निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए । जानकी मन्दिरमा उनले पूजा गरेका छन् ।

विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले आदित्यनाथलाई स्वागत गरेका थिए ।

यो पनि पढ्नुहोस् 

जनकपुरमा योगीः विमानमा जन्ती, ३६ व्यञ्जन खान्की !

‘बेहुली’ बन्यो जनकपुरधाम !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment