Comments Add Comment

दाइजोविरुद्ध अखिल छैठौंको नाटक प्रदर्शन

२६ मंसिर, काठमाडौं । अखिल (छैठौं) ले प्रदेश २ का विभिन्न जिल्लामा दाइजोविरुद्धको नाटक प्रदर्शन थालेको छ ।

‘छोरी पढाऔं दाइजो हटाऔं’ अभियानअन्तर्गत संगठनले मंसिर २५ बाट नाटक प्रदर्शनी सुरु गरेको हो ।

अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष विमल पोखरेलले प्रदेश २ मा दाइजो समस्या रहेकाले अभियान सुरु गरिएको बताए ।

बाराको कलैयास्थित रामराजा क्याम्पसबाट सुरु भएको प्रदर्शन अन्य स्थानमा पनि हुने संगठनलले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment