Comments Add Comment

हारजीत जिन्दगीको हिस्सा होः मोदी

२६ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि हारजीत जिन्दगीको हिस्सा भएको बताएका छन् । प्रचण्ड बहुमतसहित केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा)ले अघिल्लो निर्वाचनको तुलनामा १८५ सिट गुमाएपछि उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘म कार्यकर्ताको मिहनेतलाई सलाम गर्छु’, उनले मंगलबार ट्विटरमा लेखेका छन्, ‘हारजीत जिन्दगीको हिस्सा हो ।’

विधानसभा चुनावमा आफ्ना कार्यकर्ताले दिनरात मिहिनेत गरेको भन्दै उनले प्रशंसा गरेका छन् ।

जनताको म्यान्टेड स्विकार्य

नतिजा सार्वजनिक भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको म्यान्डेट स्विकार्य भएको बताएका छन् । मोदीले ट्विटरमा भनेका छन्, ‘हामी जनताको म्यान्डेट विनम्रतापूर्वक स्विकार गर्दछौं ।’

२०१३ को निर्वाचनमा बहुमत दिएकोमा छत्तीसगढ, मध्यप्रदेश र राजस्थानका जनतालाई धन्यवाद भनेका छन् । तीनवटै राज्यमा आफ्नो पार्टीको सरकारले अथक रुपमा जनताको काम गरेको उनको भनाइ छ ।

मध्यप्रदेशमा ५७, राजस्थानमा ९० र छत्तीसगढमा ३४ सिट गुमाएको भाजपा तीन वटै राज्यमा दोस्रो ठूलो दल बनेको छ । अघिल्लो चुनावमा पाँच सिट जितेको तेलंगनामा भाजपाले एक सिट मात्रै जितेको छ भने मिजोरममा पहिलो पटक एक सिट जित्न सफल भएको छ ।

बिजेतालाई बधाई

अर्को ट्विट गर्दैै मोदीले विजय भएकोमा कांग्रेसलाई बधाई दिएका छन् । भारतीय राष्ट्रिय कांग्रेसले मध्यप्रदेशमा ११४, राजस्थानमा १०१ र छत्तीसगढमा ६८ स्थानमा जित हासिल गरेको छ । मध्यप्रदेशमा बहुमतका लागि दुई सिट कम छ भने राजस्थान र छत्तीसगढमा कांग्रेसको एकल बहुमत पुगेको छ ।

कांग्रेसको मिजोरममा २९ र तेलगंनामा १६ सिट घटेको छ । मिजोरममा २६ सिट जितेर बहुमत ल्याएको मिजु नेसनल फ्रन्ट (एमएनएफ) र तेलंगनामा ८८ स्थानमा जित हासिल गरेको टिआरसीलाई पनि मोदीले बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment