Comments Add Comment

प्रधानाध्यापक र पूर्वप्रधानाध्यापकलाई भ्रष्टाचार मुद्दा

२६ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको जोगडास्थित जोगडा माध्यमिक विद्यालयका प्रधानाध्यापक र पूर्वप्रधानाध्यापकलाई भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।

प्रधानाध्यापक निजामुद्दिन खाँले विद्यालयमा विज्ञान सामग्री खरिद गर्न निकासा भएको रकमबाट दुई लाख ५१ हजार भ्रष्टाचार गरेको पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

यस्तो अपराधमा ६ देखि १८ महिनासम्म कैद सजाय र दुरुपयोग भएको रकम असूल उपर गरिने कानूनी व्यवस्था छ । जोगडा माविका पूर्व प्रधानाध्यापक जैस मुहम्मदलाई ३३१ दिनको नक्कली हाजिर गरेको आयोगको ठहर छ ।

उनीमाथि दुई लाख ३८ हजार बराबरको भ्रष्टाचार गरेको भन्दै मुद्दा दयार गरिएको हो । सरकारी वा सार्वजनिक संस्थाको कागजातको नोक्सान गर्नेलाई भने ६ महिनादेखि एकवर्षसम्म कैद, दश हजार रुपैयाँदेखि पचास जहार रुपैयाँसम्म जरिवाना र क्षती पुगेको रकम असुल उपर गरिने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment