Comments Add Comment

सार्वजनिक खरिद अनुगमन कार्यालयले भन्यो : वाइडबडी खरिदमा ऐन मिचिएको छ

२६ मंसिर, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन पालना नगरेको बताएको छ ।

संसदको लेखा समितिमा आफ्नो राय प्रस्तुत गर्दै कार्यालयले विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन २०६३ को धेरै दफाहरुको उलंघन भएको बताएको हो ।

ऐनको दफा २ मा उल्लेख भएको मालसामानको परिभाषामा विमान पनि पर्ने भन्दै कार्यालयले विमान खरिद गर्दा ऐनको पूर्ण पालना गर्नुपर्ने भए पनि नगरिएको बताएको छ ।

त्यस्तै ऐनको को दफा १३ को उपदफा २ अनुसार बोलपत्र मार्फत सामान खरिद गर्दा उल्लेख हुनुपर्ने तीन कुरा वाइडबडी खरिदको आशयपत्र (रिक्वेस्ट अफ प्रपोजल आरएफपी) मा नरहेको कार्यालयले बताएको छ । कार्यालयले आशयपत्रमा मूल्यको संरचना, बोल अंक उल्लेख गर्ने मुद्रा, बोलपत्र मूल्यांकन र छनोट गर्ने आधार तथा तरिका उल्लेख भएको छैन ।

ऐनको दफा ५२ अनुसार खरिद सम्झौता र यसका शर्तहरु तय गर्दा आपूर्ति समय वा म्याद थप गर्न सकिने अवस्था, रकम वा त्यसको निर्धारण गर्ने तरिका, मालसामान स्वीकार गर्ने शर्त, भुक्तानीका शर्त र तरिका आदि विषय उल्लेख नभएको कार्यालयको भनाइ छ ।

यो पनि पढ्नुहोस वाइडबडी खरिदको छानबिन गर्न लेखाले बनायो उपसमिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment