Comments Add Comment

गाउँपालिका बिरुद्ध कारण देखाऊ आदेश

२६ मंसिर, मोरङ । मोरङको बूढिगंगा गाउँपालिकाले लगाएको करबिरुद्ध मोरङ व्यापार संघले दायर गरेको रिट निवेदनमा उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश दिएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकाले विभिन्न शीर्षकमा लगाएको कर गैरकानूनी भएकाले रोक्न माग गर्दै मोरङ व्यपार संघले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो ।

मंगलबार रिट उपर उच्चल अदालतले कारण देखाऊ आदेश जारी गर्दै २८ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । उच्च अदालत विराटनगरका रजिष्टार नारायण रेग्मीले दुबै पक्षलाई २८ गते छलफलका लागि बोलाइएको जानकारी दिए ।

बूढीगंगा गाउँपालिकाले आप\mनो क्षेत्रमारहेका उद्योगहरूमा चालु आर्थिक वर्षदेखि लागू हुने गरी विभिन्न शीर्षकमा छुट्टै व्यवसाय कर लगाएको थियो ।

गाउँपालिकाले ठूला उद्योगलाई ५ लाख, मझौला उद्योगलाई ३ लाख र साना उद्योगलाई १ लाख कर कायम गरेको थियो ।

गाउँपालिकाले कानुन विपरित भएको भन्दै व्यपार संघले गाउपालिका विरुद्ध अन्तरिम आदेश माग गर्दै उच्चमा रिट दायर गरेको थियो ।

दोहोरो कर लगाई उद्योगी व्यवसायीहरूको मनोबल गिराउने कार्य भएपछि कानुनी प्रक्रियामा गएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment