Comments Add Comment

भारतीय बलरले लिए एकै इनिङमा कीर्तिमानी १० विकेट

२६ मंसिर, काठमाडौं । क्रिकेटको एकै इनिङमा १० विकेट लिन सक्छन् ? अवश्य सक्छन् तर यस्तो दुर्लभ कीर्तिमानी विकेट लिने खेलाडी कमै हुन्छन् र यस्तो घटना विरलै हुने गर्दछ ।

भारतको एक उमेर समूहको प्रतियोगितामा यस्तै अनौठो कीर्तिमान बनेको छ । यो घटना हो कोच बेहार ट्रफी अन्डर–१९ क्रिकेट प्रतियोगिताको । अरुणाञ्चल प्रदेश र मीनपुरबीचको खेल चलिरहेको थियो ।

अरुणाञ्चल प्रदेशले पहिलो इनिङमा १३८ रन बनाएको थियो । त्यस्तै, दोस्रो इनिङमा भने मीनपुरका १८ वर्षीय राजकुमार रेक्स सिंहले सनसनीपूर्ण प्रदर्शन गरे । उनी एक्लैले अरुणाञ्चलका सबै विकेट लिए ।

उनले ९.५ ओभर बलिङ गर्दै ६ ओभर मेडन राखेर मात्र ११ रन खर्चेर १० विकेट लिदै कीर्तिमानी विकेट लिन सफल भए । अरुणाञ्चलका ब्याट्सम्यानलाई अलआउट गर्ने क्रममा उनले पाँच खेलाडीलाई बोल्ड आउट गरे । त्यस्तै, दुई खेलाडीलाई एलबीडब्लु आउट गराएका उनले तीन खेलाडीलाई भने क्याच आउट गराएका थिए ।

यो क्रममा उनले अरुणाञ्चल प्रदेशका एक जना खेलाडीबाहेक अन्य कुनै खेलाडीलाई दोहोरो अंक पनि जोड्न दिएनन् । उनको धारिलो बलिङमा अरुणाञ्चलले १८.५ ओभरमा सबै विकेटको क्षतिमा ३६ रन मात्रै बनाएको थियो ।

त्यसो त, उनले अरुणाञ्चल प्रदेशको पहिलो इनिङमा पनि ५ विकेट लिएका थिए । १३८ रनमै अलआउट गरेको मीनपुरका लागि राजकुमारले १०ं५ ओभर बलिङ गर्दै तीन ओभर मेडन राखेर ३३ रन खर्चिदै पाँच विकेट लिएका थिए ।

यो खेलमा मिनपुरले १० विकेटले खेल जित्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment