Comments Add Comment

‘मारुनी’ पोष्टरमा आधा पुष्पल, आधा साम्राज्ञी

चलचित्र ‘मारुनी’को घोषणा कार्यक्रममा यसको फस्टलुक पनि रिलिज गरियो । पूनम गौतमको निर्माणमा बन्न लागेको चलचित्रका फस्टलुकले धेरैको ध्यान तानेको छ । नवल नेपालको निर्देशनमा बन्न लागेको चलचित्रको फस्टलुकमा आधा अनुहार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र आधा अनुहार नायक पुष्पल खड्काको छ ।

निर्देशक नेपालले २ सुन्दर यूवतीको कथामा यो चलचित्र बन्न लागेको बताएका छन् । तर, चलचित्रको पोष्टर हेर्दा धेरैलाई नौलो लागेको छ । निर्देशक नवल नेपालले चलचित्रको कथावस्तुको बारेमा यो पोष्टरले पनि धेरै कुरा बोल्ने बताए । माघको दोश्रो साताबाट छायांकनमा जाने चलचित्रको फस्टलुकले दर्शकलाई कौतुहलतामा राख्ने काम गरेको छ ।

आधा नायकको अनुहार र आधा नायिकाको अनुहार राखेर निर्देशकले कस्तो कथामा चलचित्र बनाउन लागेका हुन् भन्ने उत्सुकता यसले उब्जाएको छ ।

 

साम्राज्ञी, रेविका र पुष्पलले क्याटवाक गर्दै गरे ‘मारुनी’को घोषणा(फोटो फिचरसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment