Comments Add Comment

नेपालको ऊर्जा क्षेत्रमा सहकार्य गर्न अष्ट्रियाको चासो

काठमाडौ/अष्ट्रियाले नेपालको ऊर्जा क्षेत्रमा सहकार्य गर्न चासो देखाएको छ ।

नेपालका लागि अष्ट्रियाकी आवासीय राजदूत ब्रिगेट्टी ओपिनगेर वाल्चसोफरले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्दै नेपालको ऊर्जा क्षेत्रमा काम गर्न चांसो देखाएकी हुन् ।

अष्ट्रियाको जलविद्युत क्षेत्रमा काम गरिरहेको निजी कम्पनी एण्ड्रिजको ‘कष्टमर डे ‘को अवसरमा आयोजित कार्यक्रमपछि ऊर्जामन्त्री पुनलाई भेट्दै उनले अष्ट्रिया नेपालको ऊर्जा क्षेत्रका लगानी र अनुभव आदान-प्रदान गर्न इच्छुक रहेको धारणा राखेकी हुन् ।

सहकार्यका लागि नेपाल सरकारलाई औपचारिक रुपमा प्रस्ताव पठाउने तयारी भइरहेको उनले बताइन् ।

ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री पुनसंग बुधवार अष्ट्रियाको ट्रान्सपोर्ट र प्रविधि मन्त्रालयका आसियन र विमस्टेक क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक मिचेल लिडरेरले समेत भेटवार्ता गरेका छन् ।

सिंहदरवारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा निर्देशक मिचेलले ऊर्जा क्षेत्रमा औपचारिक सम्बन्ध स्थापना गर्न अष्ट्रिया इच्छुक भएको धारणा राखेका थिए ।

‘नेपालमा जलविद्युतको ठूलो सम्भावना छ, हामी यहांको जलविद्युतमा लगानी गर्नुका साथै प्रविधिमा समेत सहयोग गर्न चाहन्छौ ।’ भेटमा क्षेत्रीय निर्देशक मिचेलले भने ।

उनले अष्ट्रिया सरकारले नेपालसंग औपचारिकरुपमा सहकार्यको लागि प्रस्ताव पठाउने जानकारीसमेत दिए । उनले भने, ‘हामी हाम्रो अनुभव नेपालसंग बाड्न चाहन्छौ, त्यसका साथै नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागि पनि हामी इच्छुक छौं ।’

जवाफमा ऊर्जामन्त्री पुनले जलविद्युतमा अष्ट्रियाको प्रविधि संसारमै निकै चर्चित रहेको भन्दै नेपालमा पनि अष्ट्रियन कम्पनीहरुले काम गरिरहेको भन्नेमा आफू जानकार रहेको बताए ।

उनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै नेपालमा लगानीका लागि उपयुक्त वातावरण भएको धारणा राखे ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले त्यसका लागि सहजिकरण गर्न सरकार तयार रहेको बताए ।

मन्त्री पुनले ऊर्जा क्षेत्रमा सहकार्य गर्ने अष्ट्रियाको प्रस्तावमा आफू सकरात्मक भएको भन्दै छिट्टै औपचारिक तहबाट सहकार्यसम्बन्धी छलफल अगाडि बढाउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment