Comments Add Comment

खशोग्गीसहित चार पत्रकार टाइम म्यागजिनको वर्ष व्यक्ति

२६ मंसिर, काठमाडौं । टाइम म्यागजिनले हत्या गरिएका, थुनामा रहेका र टार्गेटमा परेका पत्रकारहरूलाई ‘पर्सन अफ दी इयर २०१८’ घोषित गरिएको छ ।

टर्कीस्थित साउदी वाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार जमाल खशोग्गीलाई टाइमको वर्ष व्यक्तिमा परेका हुन । वासिङ्टन पोस्टका स्तम्भकार साउदी पत्रकार खसोग्गीको गत अक्टोवरमा हत्या भएको थियो ।

त्यस्तै फिलिपिन्सका पत्रकार मारिया रेजा र थुनामा रहे म्यानमारका पत्रकारद्वय वा लोन र कीय से ओ पनि टाइमको वर्ष व्यक्तिमा परेका हुन ।

सीएनएनकी पूर्व ब्यूरो चीफ रेजा २०१२ देखि आफ्नै अनलाइन सञ्चालन गरेकी छन् । म्यानमारका पत्रकारद्वय भने रोहिङ्ग्याको विषयमा रिर्पोटिङ गरेका कारण थुनामा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment