Comments Add Comment

ईपीएल : ललितपुर प्लेअफमा प्रवेश, काठमाडौं पराजित

२६ मंसिर, काठमाडौं । ललितपुर प्याट्रिएट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौं किंग्स इलाभेनमाथि १० विकेटको शानदार जितसँगै ललितपुरले प्लेअफमा स्थान सुरक्षित गरेको हो । काठमाडौंले दिएको ११० रनको चुनौती ललितपुरले १०.३ बलमा विना विकेट लक्ष्य पूरा गर्‍यो ।

ललितपुरको आक्रामक इनिङ्समा ओपनर गौरव तोमरले विष्फोटक ब्याटिङ गरे । उनले ३५ बलमा नौं चौका र पाँच छक्कासहित ८० रन बनाए । त्यस्तै, जयकिसन कोल्सवालाले अविजित २७ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा सबै विकेटको क्षतिमा १०९ रन बनाएको थियो । काठमाडौंका लागि केभिन ओब्रिइनले ४२ र सिद्धान्त लोहनीले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

बलिङतर्फ ललितपुरका पवन सर्राफले तीन विकेट लिए । त्यस्तै, रासिद खान र योगेन्द्रसिंह कार्कीले समान २–२ विकेट लिए । ललितपुरले चार खेल खेल्दै तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर प्लेअफमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment