Comments Add Comment

मिर्गौला किन सुन्निन्छ ? यस्ता छन् लक्षण र कारण

आजभोली धेरै मानिसहरु मिर्गौलासम्वन्धी रोगको शिकार भइरहेका छन् । त्यसमध्ये मिर्गौला सुन्निने समस्या पनि एउटा हो ।

मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंगमध्ये पर्छ । हामी सबैलाई थाहा छ, मानव शरीरमा दुईवटा मिर्गौला हुन्छन् । एउटा बाँयातर्फ हुन्छ भने अर्को दाँया तर्फ ।

मिर्गौलाको प्रमुख काम रगतबाट विकारयुक्त पदार्थ र अतिरिक्त तरल पदार्थ छानेर शरीरबाट बाहिर निकाल्नु हो । गलत खानपान, उच्च रक्तचाप, महुमेह आदिको कारणले मिर्गाैलामा समस्या उत्पन्न हुने गर्छन् ।

मिर्गौला सुन्निने समस्यालाई चिकित्सकीय भाषामा ‘ग्लोमेरुलोनेफ्राइटिस’ भनिन्छ । समयमै यसलाई पहिचान गरी नेफ्राेलोजीस्टसँग परामर्श लिनुपर्छ, अन्यथा समस्याले गम्भीर रुप लिन सक्छ ।

मधुमेह र ल्युपस जस्ता रोगहरुबाट पिडित मानिसहरुमा सेकेण्डरी ‘ग्लोमेरुलोनेफ्राइटिस’अर्थात मिर्गौला सुन्निने स्थिति आउँछ । बेलाबखत दुखाई निरोधक वा एन्टीबायोटिक औषधिको साइडइफेक्टको कारण पनि ‘ग्लोमेरुलोनेफ्राइटिस’हुन सक्छ । यसैले कुनै पनि एन्टीबायोटिक औषधि लिनुभन्दा पहिले डाक्टरसँग सोध्नुहोस् ।

यस्ता लक्षण देखिएमा मिर्गौला सुन्निएको हुन सक्छः

-ज्वरो आउने

-पिसाब गर्दा दुख्ने

-पहेँलो वा रातो रंगको पिसाब

-सहनै नसकिने दुखाई

-पिसाबमा धेरै प्रोटिन हुने

-पिसाब धेरै कम निस्किने

-फोक्सोमा तरलपदार्थ जम्मा हुने

-खोकी र श्वासप्रश्वासमा समस्या

-धेरै थकान

-सासमा दुर्गन्ध

-शरीर सुन्निने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment