Comments Add Comment

इटहरीमा खुल्यो नयाँ होटल

२६ मंसिर, सुनसरी । सुनसरीको इटहरीमा ४० फिट अग्लो नेपालको राष्ट्रिय झण्डाको आकृति राखिएको होटल उत्सव सञ्चालनमा आएको छ ।

युवा व्यवसायी गोपाल घिमिरेसहितको टिमले साढे दुई करोड लगानीमा होटल उत्सव सञ्चालनमा ल्याएको हो । उत्सव होटलको अग्रभागमा ४० फिट अग्लो नेपालको राष्ट्रिय झण्डाको आकृति वनाइएको छ ।

सो झण्डाका कारण उत्सव होटल झण्डा होटलका नामले समेत परिचित हुँदैछ । अत्याधुनिक सुविधा सम्पन्न २२ वटा कोठा र दुईवटा सेमिनारहलको ब्यवस्था गरिएको संचालक घिमिरेले वताए । होटलको उद्घाटन नेकपाको नेता योगेश भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment