Comments Add Comment

रियल मड्रिडको लज्जास्पद हार

२७ मंसिर, काठमाडौं । एक खेल अघि नै च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरिसकेको स्पेनिस क्लब रियल मड्रिडले समूह चरणको अन्तिम खेलमा लज्जास्पद हार ब्यहोरेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले अकल्पनीय प्रदर्शन गर्दै रसियन क्लब मोस्कोवसँग ३–० गोलअन्तरले पराजित भएको हो । मोस्कोवलाई जित दिलाउन फेडर चालोभ, जिओर्गी स्चेनिकोभ र एर्नोर सिगुर्डसनले गोल गरे ।

पहिलो हाफमा नै दुई गोलको अग्रता लिएको मोस्कोवले दोस्रो हाफमा थप एक गोल गर्दै रियललाई ३–० गोलको जित निकालेको हो । खेलको ३७औं मिनेटमा चालोभले गोल गर्दै मोस्कोवलाई अग्रता दिलाएका थ्एि । खेलको ४३औं मिनेटमा स्चेनिकोभले गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ७३औं मिनेटमा सिगुर्डसनले गोल गर्दै ३–० गोलको जित दिलाए ।

तर रियल मड्रिड पराजित भएपनि समूह जी को विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको छ । रियल मड्रिडले ६ खेलबाट १२ अंक बनाएको हो । जित हात पारेपनि मोस्कोव भने समूह चरणबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment