Comments Add Comment

म्यान्चेस्टर सिटीको जितमा सानेको दुई गोल

२७ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा आफ्नो स्थान एक खेलअघि नै सुरक्षित गरेको म्यान्चेस्टर सिटीले अन्तिम खेलमा जित हात पारेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले होफेनहेइमलाई २–१ गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा लेरोय सानेले दुबै गोल गरे । यता, होफेनहेइमका लागि एन्ड्रेज क्रमारिकले गोल गरेका थिए ।

खेलको १६औं मिनेटमा नै क्रमारिकले गोल गर्दै होफेनहेइमलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा सानेले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा पुर्याएका थिए । खेलको ६१औं मिनेटमा सानेले दोस्रो गोल गर्दै सिटीलाई २–१ गोलको जित दिलाएका हुन् ।

सिटी ६ खेलबाट १३ अंक बनाउदै समूह विजेता बनेको हो । समूह जीको पुछारमा रहेको होफेनहेइम भने ३ अंक मात्रै बनाउँदै बाहिरिएको छ ।

त्यस्तै, यसै समूहबाट रियोन पनि अन्तिम १६ मा प्रवेश गरेको छ । लियोनले शख्तर डोनेटस्कसँग १–१ गोलको बराबरी खेल्दै समूहको उपविजेता बनेर प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment