Comments Add Comment

युभेन्टस योङ ब्वाइजसँग पराजित, तर बन्यो समूह विजेता

२७ मंसिर, काठमाडौं । इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा योङ ब्वाइजसँग पराजित भएको छ ।

बुधबार राति भएको खेलमा युभेन्टस योङ ब्वाइजसँग २–१ गोलअन्तरले पराजित भएको छ । योङ ब्वाइजलाई जित दिलाउन गुइलाउमे होएराउले दुई गोल गरे । युभेन्टसका लागि भने पाउलो डिबलाले गोल गरेका थिए ।

खेलको ३०औं मिनेटमा होएराउले गोल गर्दै योङ ब्वाइजलाई अग्रता दिलाएका थिए । खेलको ६८औं मिनेटमा उनले अर्को गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा डिबलाले गोल गर्दै युभेन्टसलाई २–१ गोलको स्थितिमा ल्याएका थिए । तर योङ ब्वाइजलाई रोक्न भने सकेनन् ।

हारपछि पनि ६ खेलबाट १२ अंक बनाएको युभेन्टस समूह एच को शीर्ष स्थानमा रहंदै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ ।

त्यस्तै यसै समूहको उपविजेता बन्दै प्रिक्वाटरफाइनल पुगेको म्यान्चेस्टर युनाइटेड पनि समूह चरणको अन्तिम खेलमा भ्यालेन्सियासँग २–१ गोलअन्तरले नै पराजित भएको छ । तर ६ खेलबाट १० अंक बनाएको युनाइटेड समूहको उपविजेता बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment