Comments Add Comment

ब्रिटेनकी प्रधानमन्त्री टेरिजालाई विश्वासको मत

२७ मंसिर, काठमाडौं । ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेले कन्जरभेटिभ पार्टीको नेताको रुपमा विश्वासको मत हासिल गरेकी छन् । बुधबार भएको मतदानमा टेरिजाको पक्षमा २ सय मत परेको थियो । विपक्षमा ११७ भोट खसेको थियो ।

विश्वासको मत हासिल गरेकाले उनलाई अब एक वर्षसम्म पार्टी नेतृत्वमा कसैले पनि चुनौती दिन सक्नेछैनन् । यदि सांसदहरुले नेतृत्व परिवर्तनको निर्णय गरेमा भने टेरिजा पद त्याग्न बाध्य हुनेछिन् ।

गत मे महिनामा ब्रेक्जिट नीतिबाट असन्तुष्ट कन्जरभेटिभ पार्टीकै ४८ सांसदहरुले टेरिजाविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

सन् २०१६ मा भएको जनमत संग्रहको पक्षमा मतदान गरेकाहरुको पक्षमा टेरिजा खरोरुपमा उत्रन नसकेको आरोप असन्तुष्ट सांसदहरुले लगाएका छन् ।

ब्रिटेनमा ब्रेक्जिट मुद्दामा २३ जून २०१६ मा जनमत संग्रह भएको थियो जसमा ब्रिटेनका मतदाताहरुले यूरोपियन युनियनबाट अलग हुने पक्षमा मत दिएका थिए ।

टेरिजा मे उक्त जनमत संग्रहको केही समयपछि प्रधानमन्त्री बनेकी थिइन् र २९ मार्च सन् २०१७ मा उनले ब्रेक्जिटको प्रक्रिया थालनी गरेकी थिइन् । तर उनको योजनाको पार्टीभित्र विरोध भएको थियो ।

युरोपियन युनियनको कानुनअनुसार ब्रिटेनले अब दुई वर्षपछि अर्थात् २९ मार्च सन् २०१९ मा यूरोपिय युनियनबाट अलग हुनुपर्ने छ ।

यद्यपि यदि युरोपिय संघका सबै २८ सदस्य राष्ट्रहरु सहमत भएमा यो मिति पर धकेलिन सक्छ । तर अहिलेसम्म त्यस्तो सम्भावना देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment