Comments Add Comment

जाडोमा भिटामिन डिको कमीः अनेक रोगको उच्च जोखिम

मौसमी तापमान दिनदिनै ओह्रालो लाग्दैछ । हिजोभन्दा आज, आजभन्दा भोलिको चिसो बढ्ने क्रम छ । देशभर नै चिसो बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाउ दिइरहेको छ । काठमाडौं उपत्यकाको तापक्रम बुधबार बिहान ४ डिग्री सेन्टिग्रेट मापन गरिएको छ ।

जति-जति वायमुण्डल चिसिदै जान्छ, घाम प्यारो लाग्न थाल्छ । घामको न्यानो ताप्न मन लाग्छ । तर, चिसो बढेसँगै धेरैजसो भेगमा घाम ओझेल पर्छ । कतिपयले घाम ताप्न पाउँदैनन्, कतिलाई घाम ताप्ने फुर्सद हुँदैन । अर्काथरी छन्, जो घामको सम्पर्कमा आउन नै चाहँदैनन् । छालाको सौन्दर्यलाई असर गर्छ भन्ने भयले घाममा बस्न रुचाउँदैनन् । त्यसो त पछिल्लो समय घामको किरण क्यान्सरको कारण बन्न सक्ने भयले पनि धेरैलाई सताएको छ । यावत् कारणले हाम्रो जनजीवनबाट घाम टाढा हुँदै गएको छ ।

चिकित्सकहरु भन्छन्, ‘खाना, पानी, वायु जस्तै शरीरका लागि आवश्यक चिज हो घाम पनि । घामबाट शरीरले भिटामिन डि प्राप्त गर्छ ।’ अतः भिटामिन डि प्राप्त गर्नका लागि बिहान वा साँझको घाम उपयुक्त हुने पनि उनीहरुले सुझाव दिदै आएका छन् ।

भिटामिन डिको प्रभावकारी र प्राकृतिक स्रोत हो, घाम । जसै जाडो याम सुरु हुन्छ, घामको अभावमा धेरैलाई भिटामिन डिको अभाव हुन्छ ।

चिकित्सकहरुले के पनि भन्दै आएका छन् भने, पछिल्लो समय हामी नेपालीलाई भिटामिन डिको कमी भइरहेको छ । भिटामिन डिको कमीले के हुन्छ ? जवाफले तपाईंलाई थर्कमान बनाउन सक्छ । किनभने शरीरमा भिटामिन डिको अभाव हुँदा त्यसले एकमात्र होइन, अनेकथरी समस्या निम्त्याउँछ । र, त्यही समस्याले हामीलाई थला पार्न सक्छ ।

भिटामिन डिको कमी हाम्रो शरीरका लागि खतरनाक हुन्छ । किनभने यो त्यही भिटामिन हो, जसले हाम्रो शरीरमा क्याल्शियम अवशोषित गर्न मद्दत गर्छ । यस्तो अवस्थामा जब भिटामिन डिको अभाव हुन्छ, शरीरमा केही प्रकारका रोगले जरा गाड्न सक्छ ।

जाडो याममा घाम ताप्ने अनुकुलता कम हुन्छ । घाम ताप्न पाइदैन । यसले शरीरमा भिटामिन डिको कमी हुन्छ । भिटामिन डिको कमी भएमा उच्च रक्तचाप र मुटुको रोग थप जटिल हुनसक्छ ।

अस्थमाको खतरा

जाडो याममा त्यसैपनि स्वासप्रश्वासको रोगलाई निकै सास्ती हुन्छ । त्यसमाथि भिटामिन डिको कमीले थप समस्या निम्त्याउँछ । भिटामिन डिको कमी र फोक्सोको कार्यक्षमताबीच सोझो सम्बन्ध हुन्छ । बच्चामा यस्तो सम्बन्ध विशेष रुपले देख्न सकिन्छ । ्

भिटामिन डिले सुन्निनका लागि कारक मानिने प्रोटिनलाई फोक्सोको सम्पर्कमा आउन दिदैन ।

मुटुको रोग

जाडो याममा भिटामिन डिको कमीले हृदय रोगको संभावना बढाउँछ । भिटामिन डिको कमी भएकाहरुलाई मुटुको रोग लाग्ने खतरा अधिक हुन्छ । यसका साथै उनीहरुलाई उच्च रक्तचापको समस्या हुनसक्छ ।

हड्डी र अन्य रोग

शरीरमा पर्याप्त भिटामिन डि भएन भने र्यूमेटाइड अर्थराइटिस, ल्यूपस, इंफलेमेट्री बावल डिजिज, टाइप -१ मधुमेह आदिको खतरा हुन्छ ।

बच्चामा एनिमिया

यदि रगतमा भिटामिन डिको स्टर ३० नैनो ग्राम प्रति मिलि लिटरभन्दा कम भएमा यस्तो बच्चालाई एनिमिया हुने आशंका रहन्छ । त्यसैले बच्चालाई भिटामिन डि प्राप्त हुने खानेकुरा र घामको सम्पर्कमा राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment