Comments Add Comment

यूपीएफलाई नेपालमा प्रतिबन्ध लगाउन गगन थापाको माग

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले युनिभर्सल पिस फेडरेसन (यूपीएफ) ले नेपालबारेको भ्रमात्मक भिडियो प्रचारमा ल्याएको भन्दै आक्रोस पोखेका छन् ।  साथै उनले फेडरेसनलाई नेपालमा प्रतिबन्ध लगाउन समेत माग गरेका छन् ।

फेडेरशनले हालै सार्वजनिक गरेको एक भिडियोमा नोभम्बर २२ ,२००५ मा नेपालमा यूपीएफ उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको उल्लेख छ ।

तर, थापाले संसद् नै नभएको ०६२ मंसिर ७ गते कसरी संसदले शान्ति दिवस घोषणा गर्‍यो भन्दै आक्रोस पोखेका छन् ।  बरु उक्त दिन दिन ऐतिहासिक शान्ति सम्झौता भएको स्मरण थापाले गराएका छन् ।  शान्ति सम्झौता भए पनि शान्ति दिवस भनेर संसदले घोषणा नगरेको भन्दै उनले भिडियोले नेपाल र नेपालीको अपमान गरेको बताएका छन् ।

‘युनिभर्सल पिस फेडरेशन उद्घाटन टूर कहिले, कसले गर्यो, त्यो विषयमा हाम्रो कुनै चासो छैन’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद् नै थिएन । बरु त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको थियो । यूपीएफको प्रचार आफैंमा झूटो, कपोलकल्पित र बदनियतपूर्ण छ ।’
यो पनि पढ्नुहोस कोरियामा एकनाथको भाषणः नेपालमा सबैले जिससको छोरी स्वीकारे

एकनाथ ढकालले ‘जिससकी एकमात्र छोरी’ घोषणा गरेकी हक जा हन मुन लाई’ सबैले जिससकी छोरीको रुपमा स्वीकार गरेको दाबीप्रति समेत थापाले आपत्ति जनाउँदै यसले नेपाली जनताको अपमान गरेको बताएका छन् ।

मौलिकता र संस्कृतिमा हस्तक्षेप गर्दै यूनिभर्सल पिस फेडरेसन संविधानविपरीतका गतिविधिमा संलग्न भएकाले  अबिलम्ब यसलाई नेपालमा प्रतिबन्ध लगाउन थापाले माग गरेका छन् ।  अन्य धार्मिक संस्थाहरुले पनि फेडरेसनको सिको गरेर गतिविधि सञ्चालन गर्न सक्ने भएकाले त्यसप्रति अंकुश लगाउनुपर्ने थापाको भनाइ छ ।

यो पनि पढ्नुहोस एसिया प्यासिफिक सम्मेलनमा ‘सच्चा माता’को स्वघोषणा : म जिससकी एक्ली छोरी यो पनि पढ्नुहोस विवादै विवादमा मुछिएको यूपीएफ, जसका कारण सरकारले बदनामी कमायो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment