Comments Add Comment

हामी सहकार्य गर्न आतुर छौः भूवन र दीपक

केही हप्ता अगाडि नायक अनमोल केसी र अर्का चर्चित कलाकार दिपकराज गिरीले एकसाथ चलचित्र खेल्ने कुरा अघि बढेको खबर सार्वजनिक भएको थियो । यो खबर सार्वजनिक भए पनि यसै सेलायो । तर, चलचित्र ‘सुश्री सम्पत्ती’को विशेष शोमा पुगेका नायक भूवन केसी, निर्देशक दीपाश्री निरौला र कलाकार दिपकराज गिरीले आफूहरु सहकार्य गर्न आतुर रहेको खुलाएका छन् ।

निर्देशक निरौलाले भनिन्–‘मलाई त यस्तो रहर छ नी, अनमोल, दिपक र हाम्रो टिम । साच्चै राम्रो हुने थियो ।’ दिपाको कुरामा सहमती थप्दै नायक भूवन केसीले त्यो असंभव नरहेको बताए । यस्तै, कलाकार दिपकराज गिरीले भने–‘हामीले त भूवन दाइबाट धेरै कुरा सिकेका छौ । अनमोल, म अनी हाम्रो टिमले सहकार्य गर्न पायो भने त्यो निकै राम्रो हुने थियो ।’

नेपाली चलचित्रलाई एउटा उचाइमा पुर्याउनका लागि दिपक र दीपाको भूमिका अहम् रहेको भूवनले बताए । भूवनले भने–‘चलचित्र सबै किसिमको बन्नुपर्छ । हाम्रो नेपाली चल्नुपर्छ । नेपाली चलचित्रको जय हुनुपर्छ भन्ने मेरो भनाई हो ।’
अमेरिकामा गएको बेलामा अनमोल र ‘छक्का पन्जा’को टिम मिलेर चलचित्र बनाउने बिषयमा कुरा भएको भूवन, दिपक र दीपाले खुलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment