Comments Add Comment

कपिलले बिहे गरे

मुम्बइमा बसेर पनि भारतका चर्चित कमेडियन कपिल शर्माले पञ्जाबलाई विर्सिएका रहनेछन् । उनले, पञ्जाबको परम्परागत शैलीमा बिहे गरेका छन् । केही समय डिप्रेशनको शिकार भएका कपिल अब विस्तारै तंग्रिदैछन् । उनले वुधबार आफ्नो बच्चैदेखिको साथ गिन्नीसँग बिहे गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेममा पनि थिए । गिन्नीले कपिललाई सुख र दुखमा साथ दिएकी छिन् ।

उनको बिहेमा भारती सिंह, कृष्णा–अभिषेक, चन्दन प्रभावकर, राजिव ठाकुर, जस्विर जैसी लगायत थिए । कपिल कडा सुरक्षाको विचमा बिहेको मण्डपमा पुगेका थिए । कपिल आफ्नो जन्मस्थानमा कति पपुलर छन् भन्ने कुरा उनका फ्यानको क्रेजले पनि बताउथ्यो ।

केहि समयको विश्रामपछि कपिल आफ्नो चर्चित रियालिटी शो ‘द कपिल शर्मा शो’ मार्फत दर्शकमाझ आउँदैछन् । उनले शो सुरु गर्नु अगाडि बिहे गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment