Comments Add Comment

९० लाख खर्चिएर त्रिभुवन विमानस्थलमा कार्पेटिङ

२७ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न सुधारका प्रयास सुरु भएका छन् । विमानस्थल अस्तब्यस्त र फोहोर भएको भएको गुनासो चर्को भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगतको विमानस्थल कार्यालयले सुधारको काम तीव्र बनाएको हो ।

विमानस्थलको प्रस्थानतर्फ अहिले धमाधम कार्पेटिङ भइरहेको छ । झण्डै ९० लाख रुपैयाँ खर्चिएर विमानस्थलको प्रस्थान कक्ष र अध्यागमन जेकजाँच कक्षमा कार्पेटिङ गर्ने काम अन्तिम चरणमा पुगेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

यस्तै विमानस्थल विमानस्थलले यात्रु र विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै आन्तरिक उडानतर्फ अन्तर्राष्ट्रयस्तरको नयाँ सुरक्षा जाँच केन्द्र स्थापना गरेको छ ।
विमानस्थलको आन्तरिक टर्मिनलको गेटबाट भित्रने स्थानमा सुरक्षा जाँच केन्द्रको स्थापना गरिएको छ । यसले विमानस्थलको सुरक्षालाई प्रभावकारी बन्ने क्षेत्रीकामे दावी छ ।

यसअघि आन्तरिकतर्फ प्रस्थानमा मात्रै सुरक्षाजाँच हुन्थ्यो । अब विमानस्थल प्रवेशस्थलमै अन्तर्राष्ट्रिय स्तरको सुरक्षा जाँच केन्द्र स्थापना गरिएको छ ।

यहाँ पास रिर्डर, लगेज एक्स-रे र वाक थ्रो एक्स-रे छन् । अहिलेसम्म प्रहरीले हातले जाँच गर्दैमा अब विश्वसनीय प्रविधिको प्रयोग सुरु भएको छ ।


विमानस्थलका प्रमुख क्षेत्रीले विमानस्थलको पार्किङ व्यवस्थापनसहित भित्री भागहरु सजाउने काममा पनि लागेको बताए ।

‘हाम्रो टर्मिनल पुरानो भइसक्यो । तर, अब यसलाई बुटिक वा एन्टिक बनाउन सकिन्छ,’ उनले भने,’विभिन्न भागमा त्यस्ता सामग्रीहरु सजाएर हामीले मौलिक रुप दिने प्रयत्न गरेका छौं ।’

विमानस्थलले अहिले आगमनतर्फ घडाहरु राखेको छ । ताउलोमा पपानी भरेर फूलहरु सजाएर राखिएको छ । यस्तै मौलिक तवरले विमानस्थललाई व्यवस्थापन गरेर सुधारका प्रयास भइरहेको दावी क्षेत्रीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment