Comments Add Comment

दैलेखको लाठेमा एम्बुलेन्स दुर्घटना, एकजनाको मृत्यु

२७ मंसिर, काठमाडौं । सुर्खेतमा बिरामी छोडेर कालीकोट फर्किदै गरेको एम्बुलेन्स दैलेखेको गुराँस गाउँपालिका-४ लाठेमा दुर्घटना भएको छ ।

जिल्ला अस्पताल कालीकोटको बा२ज १७४० नम्बरको एम्बुले दुर्घटना हुँदा कालीकोटको खाँडाचक्र नगरपालिका अन्दारी १७ वर्षीय शैलेख बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

एम्बुलेन्सका चालक गणेश खड्का घाइते भएका छन् । उनी सामान्य छन् । अस्पतालको एम्बुलेन्सको चालकमा लंक खड्का भएपनि बुवाको निधन भएकोले गणेशले बिरामी ल्याएर सुर्खेत आएका थिए ।

कालीकोटमा एउटा मात्रै एम्बुलेन्स थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment