Comments Add Comment

एनएएको अध्यक्षमा डा‍‍‍. मधु पुडाशैनी निर्वाचित

सिड्नी / अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन ९एनएए० को ४२ औ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम्युनिटी सेन्टरमा भएको साधारणसभाले डा मधु पुडाशैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको संशोधित विधानले गरेको नयाँ ब्यवस्था अनुसार चारजना उपाध्यक्षमा क्रमश निशा रानी, सूर्य भट्टराई, डा घनश्याम चापागाई र डा बसुन्धरा भट्टराई निर्वाचित भएका छन् ।

यस्तै संस्थाको महासचिव ऋषि आचार्य, सचिव निलम ऐरी र कोषाध्यक्ष नारायण खनाल रहेका छन् । संस्थाको कार्यसमिति सदस्यहरु तपाश्या श्रेष्ठ, डा कमल खरेल, दिक्षित घिमिरे, आनन्द पारजुली र डा सन्तोश खनाल रहेका छन् ।

नेपाली समुदायका अग्रजहरु ईन्द्रा वन, डा नारायण प्रधान, पदम शाक्य र देव गुरुङ रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो ।

न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दीपक खड्का प्रमुख अतिथी रहेको कार्यक्रममा सहभागिहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै महाबाणिज्यदूत खड्काले बिगत ४३ वर्षदेखि एनएए ले अस्ट्रेलियामा नेपालीको पहिचान कायम राख्न खेलेको भूमिकाको प्रसंसा गरेका थिए ।

संस्थाकी पुर्व अध्यक्ष ईन्द्र वनले नव निर्वाचित पदाधिकारीलाई बधाइ दिदै सक्रिय कार्यकालको कामना गरेकी थिइन् ।

यस्तै अर्का पूर्वअध्यक्ष डा नारायण प्रधानले एन ए एले अस्ट्रलियामा नेपाली समुदायको पहुच यहाँको मुलप्रवाहमा पुर्याउन संयोजनको भुमिका खेल्नुपर्ने सुझाव दिएका थिए ।

यस्तै पूर्वअध्यक्ष उमेश पन्तले एन ए एले नेपालको लायन्स क्लवसँगको सहकार्यमा नुवाकोटमा भूकम्पले क्षती भएको विद्यालयको भवन निमार्ण गर्न २५ लाख नेपाली रुपैया सहयोग गर्न लागेको जानकारी दिएका थिए ।

पन्तका अनुसार एन ए एले चार वर्षअघि गएको भूकम्पले पुर्‍याएको क्षतीको पुननिमार्णका लागि भनेर संकलन गरेको सहयोग रकम विद्यालय भवन बनाउन खर्च हुनलागेको हो ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै चुरामनी बेलबासलले एन ए एले नेपाली समुदायको प्रतिनिधित्व गरेर यहाँका बिभिन्न सरकारी निकाय र स्थानिय समुदायिक संस्थाहरुसँग सहकार्य सुरु गरेको बताए ।

यस्तै एन आर एन अस्ट्रेलियाका सचिव देव गुरुङले एन ए एले अस्ट्रेलियाका नेपाली सामुदायिक संस्थाहरुलाई संयोजन गर्दै सरकारसँग साँघुको रुपमा कामगर्नु पर्ने सुझाव दिएका थिए ।

पेन्सहस्ट नेपाली समुदायका अध्यक्ष लक्ष्मण श्रेष्ठले शुभकामना मन्तब्य दिदै अस्ट्रेलियाका नेपाली समुदायको अभिभावकको रुपमा एनएएले भूमिका खेलेको विचार राखेका थिए ।

यस्तै सिड्नीको दिक्षण क्षेत्रका नेपाली अभिभावकहरुको प्रतिनिधित्व गर्दै नुवा दत्त ढुंगानाले नयाँ कार्यसमितिका पदाधिकारीको कार्यकाल सफलताको कामना गरेका थिए ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष डा मधु पुडाशैनीले आफ्नो दुइवर्षे कार्यकालको खाका प्रस्तुत गरेका थिए ।

अध्यक्ष डा पुडाशैनीले अस्ट्रेलियाको मुल प्रवाहमा नेपाली समुदायको पहुच, अस्ट्रेलियाभरी रहेका नेपाली समुदायिक संस्थहरुबीच संन्जाल तथा सहकार्य र यहाँको नेपाली समुदायमा देखिएका समश्याहरुलाई समाधान गर्ने गरी तीन महिनाभित्र कार्ययोजना सार्वजनिक गर्ने प्रतिद्धता जनाएका थिए ।

उक्त कार्यक्रममा बोल्दै डा पुडाशैनीले अस्ट्रेलियामा नेपाली समुदाय माझ रहेका बिविध मुद्दाहरुलाई संवोधन गर्ने उद्देश्यका साथ संस्थाले बिधान संसोधन गरेर चार जना उपाध्यक्ष ब्यवस्था गरेको बताए ।

कार्यक्रममा संस्थाकी संरक्षाक पूर्व अध्यक्षहरु इन्द्रा वन र डा नारायण प्रधान र सल्लाहकार पदम शाक्यलाई आजीवन सदस्यबाट सम्मान गरिएको थियो ।

नेप्लिज अस्ट्रेलियन एसोसिएसन ९एनएए० आज भन्दा ४३ वर्ष अघि १९७६ मा स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment