Comments Add Comment

पोखरामा गुजुल्टिएको तार हटाउन सुरु

२७ मंसिर, पोखरा । पोखरामा गुजुल्टिएका तार हटाउने अभियान सुरु भएको छ । पोखरा महानगरापलिकाले पोखराका मुख्य चोकहरुका पोलहरुमा रहेका अव्यवस्थित (गुजुल्टा परेको) तार हटाउने अभियान सुरु गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको सिद्धार्थचोकमा गुजुल्टा परेका तार काटेर बिहीबार बिहान अभियानको सुरु गरेका छन् ।

अभियान ४० दिनसम्म जारी रहने महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । उनका अनुसार चार चरणमा विभाजन गरेर काम थालिएको छ ।

पहिलो चरणको १० दिनमा सिद्धार्थचोकदेखी चिप्लेढुंगा न्यूरोड हुँदै सभागृृहचोकसम्मको तार हटाइनेछ ।

पहिलो चरण सकिएलगत्तै दोश्रो चरण सुरु हुनेछ । दोश्रो चरणमा दोश्रो चरणमा चिप्लेढुंगाबाट पालिखेचोक, साँघुकोमुख, महेन्द्रपुल, नयँाबजार, पृथ्वीचोकहुँदै सभागृहचोकसम्मका तार हटाइनेछ ।

अभियानको तेश्रो चरणमा सभागृहचोकदेखी सृजनाचोक, जिरो किलोमिटर हुँदै हल्लनचोकसम्मका तार हटाइनेछ भने चौथो चरणमा हल्लनचोकबाट शहीद चोक हुँदै मुस्ताङ्गचोकसम्मका पोलका तारलाई तार हटाइने महानगरका प्रमुख जिसीले जानकारी दिए ।

चौथो चरण सकिएपछि अभियानको समीक्षा गरेर थप अभियान सञ्चालन गरिने उनले बताए ।

गुजुल्टिएका तार हटाउने अभियानमा नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल टेलिकम, केबल व्यवसायीलगायतका सेवा प्रदायक संस्थाहरुलाई सँगसँगै लिएर हिंडिएको महानगर प्रमुख जिसीले बताए ।

यसअघि महानगरले सूचना प्रकाशित गरेर नेपाल टेलिकम, नेपाल विद्युत प्राधिरण, एनसेल सहित बाराहि इन्टरनेट, टेलनेट प्रा.लि., पोखरा केबल, वल्र्डलिङ्क कम्यूनिकेशन र पोखरा इन्टरनेट संस्थाहरुसंग छलफल गरी महानगरभित्रका अव्यवस्थित तार हटाएर व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

अभियान सफल बनाउन तार ब्यवस्थापन सहजिकरण समिति गरेको थियो । समितिको संयोजकमा महानगरका उपसचिव तथा सुचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा तार ब्यवस्थपान सहजीकरण समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा नेपाल टेलिकमका शेषकान्त बस्याल, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर आनन्द सापकोटा, एनसेलका सुवोध रेग्मी, वाराही ईन्टरनेटका सुरेन्द्रबहादुर थापा, जेएनआईसीटीका सोमराज गुरुङ, टेलनेट प्रा.लिका बिनोद हुगाई, पोखरा केवलका मनोज गुरुङ्ग, पोखरा ईन्टरनेटका अजित तामाङ, वल्र्डलिङ्क कम्यूनिकेसनका विनोद के.सी., महानगरका नगर प्रहरीका असई पुरुषोत्तम थापा, पोखरा महानगरपालिकाका सूचना प्रविधि अधिकृत ईञ्जिनियर अशोक द्वारे छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment