Comments Add Comment

ए डिभिजन लिग : एनआरटीको लगातार सातौं हार

२७ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले लगातार सातौं हार ब्यहोरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा एनआरटी सरस्वती युथ क्लबसँग १–० गोलले पराजित भएको हो । पहिलो खेलमा आर्मीविरुद्ध २–२ गोलको बराबरी खेलेको एनआरटीले त्यसयताका सबै खेलमा पराजय भोगेको छ ।

सरस्वती युथ क्लबको जितमा भिक्टो अमोबले गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सरस्वतीले दोस्रो हाफ पेनाल्टीबाट गोल गर्दै अग्रता जित हात पारेको हो । खेलको ७३ औं मिनेटमा भिक्टोरले पेनाल्टीबाट गोल गरे ।

जितसँगै सरस्वती क्लबले आठ खेलबाट तीन खेलमा जित र पाँच खेलमा पराजित हुदै ९ अंक बनाएको छ । एनआरटीले भने आठ खेलमध्ये सात खेलमा पराजित र एक खेलमा बराबरी खेल्दै एक अंक मात्रै बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment