Comments Add Comment

चलचित्र ‘दाल, भात, तरकारी’लाई शिवम् सिमेन्टको प्रायोजन

२७ मंसिर, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले चलचित्र दाल, भात, तरकारीलाई प्रायोजन गर्ने भएको छ । मह सञ्चार समूहले निर्माण गर्न लागेको चलचित्रलाई कम्पनीले आर्थिक तथा प्रचार प्रसारका लागि प्रायोजन गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाइस प्रेसिडेन्ट सजन देवकोटा महजोडी हरिबंश आर्चाय, मदनकृष्ण श्रेष्ठ, कलाकारहरु किरण केसी, सुदन के.सी, मोहित बंश आचार्य लगायतको उपस्थिति थियो ।

उक्त चलचित्र आगामी बैशाखमा रिलिज हुन भएको छ र मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, निरुता सिंह, पि्रयांका कार्की, बषर्ा रावत, आँचल शर्मा, विल्सन बिक्रिम राई, रविन तामाङ, शिसिर वाङदेल लगायतका कलाकारहरु रहेका छन् र चलचित्रको निर्देशन शुदन केसीले गरेका छन् ।

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाउँदै गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसँग सहकार्य गर्ने क्रम बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment