Comments Add Comment

११ महिनामै भित्रिए १० लाख विदेशी पर्यटक

२७ मंसिर, काठमाडौं । सन् २०१८को ११ औं महिनासम्म अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । जनववरीदेखि नोभेन्बरसम्म नेपालमा १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डले यसलाई एेतिहासिक उपलब्धी भनेको छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७को भन्दा १७ प्रतिशतले बढी हो ।

यो तथ्यांकमा अक्टोबर र नोभेम्बर महिनामा स्थलगत रुपमा आएका पर्यटकको संख्या सामेल छैन । यो संख्या पनि जोड्दा जनवरीदेखि नोभेम्बरसम्ममा नै करिब २३ प्रतिशत वृद्धि देखिने बोर्डले जनाएको छ ।

यो ११ महिनामा २ लाख ६० हजार पर्यटक भारतबाट आएका छन् । यस्तै यसवर्ष १ लाख ३४ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । थाइल्याण्ड, जापान र उत्तर कोरियाबाट नेपाल आउने पर्यटकको संख्या पनि ठूलो छ ।

युरोप अमेरिकाबाट पनि नेपाल आउने पर्यटकको संख्या बढ्दो छ । यो वर्ष २ लाख २४ हजार पर्यटकले पनि नेपालको भ्रमण गरेका छन् । ८२ हजार ८ सय अमेरिकन र ३३ हजार ५ सय अष्ट्रेलियन पनि नेपाल भित्रिएका थिए, ११ महिने अवधिमा ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी यो सफलताको श्रेय पर्यटनसम्बद्ध सबैलार्इ जाने बताउँछन् । ११ महिनामै १० लाख पर्यटक भित्रिनुले जेपाल भ्रमण वर्ष २०२०लाई बलियो आधार दिने पनि उनले बताए ।

सन् २०२०मा नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, यो लक्ष्य सरकारका लागि चुनौतिपूर्ण छ ।

तर, भैरहवा अन्तर्राष्ट्रिय विमान स्थल बनिसक्ने भएकाले सीधै लुम्बिनीमा आउने बौद्ध पर्यटकले यो लक्ष्य भेट्न सघाउ पुर्‍याउने अपेक्षा सरकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment