Comments Add Comment

ज्ञानेन्द्रलाई ट्वीस्टर क्रिकेट किट्सको दुई वर्षे प्रायोजन

२७ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लसँग ट्वीस्टर क्रिकेट किट्स कम्पनीले दुई वर्षे प्रायोजन सम्झौता गरेको छ । ।

काठमाडौंमा बिहीबार ज्ञानेन्द्र र ट्वीस्टर क्रिकेटका प्रतिनिधि केयुर देसाईले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार ट्वीस्टरले ज्ञानेन्द्रलाई क्रिकेट किट्स र नगद गरेर दुई वर्षको लागि करिब १० लाख भारतीय रुपैयाँ उपलब्ध गराउनेछ । वर्षको पाँच लाखका दरले ज्ञानेन्द्रलाई प्रायोजन गरेको हो ।

ज्ञानेन्द्रले गत शनिबारदेखि सुरु भएको एभरेस्ट प्रिमिएर लिग (ईपीएल) खेलबाटै ट्वीस्टरको ब्याट प्रयोग गर्न थाले पनि सम्झौता भने आज (बिहीबार) मात्रै गरिएको हो ।

यसअघि भारतीय यू–१९ तथा प्रथम श्रेणीका खेलाडीहरुलाई प्रायोजन गर्दै आएको ट्वीस्टरले पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीको रुपमा ज्ञानेन्द्रलाई प्रायोजन गरेको हो । ट्वीस्टरका किट्सहरु ज्ञानेन्द्रले सञ्चालन गरेको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment