Comments Add Comment

पूर्व प्रहरी संगठन र माछापुच्छ्रे बैंकबीच सरल कर्जा उपलब्ध गराउने सम्झौता

२७ मंसिर, काठमाडौं । नेपाल पूर्व प्रहरी संगठनको साधारण सभाको अवसरमा नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छे्र बैंक लिमिटेड बीच सरल कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल पूर्व प्रहरी संगठनको धापासी स्थित सभा हलमा भएको उक्त सम्झौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छ्रे  बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरी संझौता पत्र आदान प्रदान गरेका थिए ।

सांसद नवराज सिलवाल प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा संगठन र बैंक बीच पूर्व प्रहरीहरुलाई पेन्सन पट्टा धितो राखी कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो ।

पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छे्र बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले उक्त कार्यक्रममा बोल्दै यस्ता कार्यक्रमबाट आर्थिक उन्नती लगायत आपसी सद्भाव र भाईचाराको समेत विकास हुने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सांसद सिलवालले यस्ता कार्यक्रमबाट सानो भन्दा सानो तहको पूर्व प्रहरी कर्मचारीहरुलाई प्रोत्साहित गरी आर्थिक सम्मुन्नत बनाउने विचार व्यक्त गरे ।

कार्यक्रममा हस्ताक्षर गर्नु पुर्व नेपाल पूर्व प्रहरी संगठन तथा माछापुच्छे्र बैंक लिमिटेडले बिर्तामोड, काठमाडौं, चितवन तथा दाङमा सरल कर्जा संबन्धि बैंकिङ्ग साक्षरता कार्यक्रम संचालन गरिसकेकोमा बैंकले आगामी दिनमा देशका अन्य क्षेत्र तथा जिल्लाहरुमा समेत क्रमश संचालन गर्ने प्रतिबद्घता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment