Comments Add Comment

पुस १ देखि बुटवलमा मुख्यमन्त्री कप खुला व्याडमिन्टन प्रतियोगिता

२७ मंसिर, बुटवल । बुटवलमा मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

बुटवल व्याडमिन्टन क्लबले खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रदेश नम्बर ५ स्तरीय -मुख्यमन्त्री कप) तथा खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।

आउँदो पुस १ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी तीव्र बनाइएको क्लवले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

प्रतियोगिता बुटवल-९ पवित्रनगरस्थित नवदिलीप कबर्ड हलमा हुनेछ । प्रतियोगितामा प्रदेश ५ का १२ जिल्लाबाट १३० टिमले प्रतिष्पर्धा गर्ने क्वलका अध्यक्ष रमेशबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिताको १० हजार दर्शकहरू अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रतियोगिता मेन्स सिंगल, मेन्स डबल, मेन्स भट्रान्स र मेन्स खुल्ला गरी ४ विधामा हुनेछ । प्रतियोगिता तीन दिनसम्म चल्नेछ । क्लवले विगतका वर्षहरु पश्चिमाञ्चलस्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्दै आएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले मेन्स सिंगलबाट प्रथम हुनेले ३० हजार, मेन्स डबल हुनेले ५० हजार, भेट्रान्सबाट प्रथम हुनेले ३० हजार र खुल्लाबाट प्रथम हुनेले ५० हजार पुरस्कार पाउने खेल संयोजक नलराज नेपालले जानकारी दिए ।

प्रतियोगिताको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नेछन् भने समापन प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्नेछन् ।

टिम दर्ता शुल्क २ हजार ५ सयदेखि ४ हजार रूपैयाँसम्म राखिएको छ ।

क्लबका सचिव शम्भु भट्टराईले प्रदेश ५ मा व्याडमिन्टन खेलको विकास गर्नु आफूहरूको प्रमुख लक्ष्य रहेको बताए ।

पछिल्लो समय रूपन्देहीमा व्याडमिन्टन खेलको लोकपि्रयता बढ्दै गएको छ । २० भन्दा बढी व्याडमिन्टन क्लबहरू गठन भइ नियमित खेल र प्रतियोगिताहरू गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment