Comments Add Comment

अनमोल भन्छन्–‘सुटिङमा दिनभर दौडदा धेरै पटक बेहोस हुन्छु जस्तो लाग्थ्यो’

चलचित्र ‘क्याप्टेन’को गीत रिलिज कार्यक्रममा यसकी नव–नायिका प्रियंका एमभीले नायक अनमोल केसीलाई टम क्रुजसँग तुलना गरेकी छिन् । उनले भनिन्–‘मलाई त अनमोल केसी टम क्रुज जस्तो लाग्छ । उसको लुक्सको त के कुरा गर्नु ?’ प्रियंकाले यति भनेपछि कार्यक्रम संचालक नरेश भट्टराइले उनलाई टम क्रुजसँग डेट जान मन छैन भनेर प्रश्न सोधेका थिए । जसमा एमभीले भनिन्–‘जान त मन छ नी । तर, के गर्नु टम क्रुजसँग समय नै छैन ।’ प्रियंकाले यसो भन्दै गर्दा हलमा हाँसो गुञ्जिएको थियो ।

कार्यक्रममा नायक अनमोल केसीले यो चलचित्रमा काम गर्दा निकै दुख पाएको बताए । धेरै दौडन पर्दा कहिलेकाही त आफू बेहोस नै हुन्छु जस्तो पनि लाग्ने गरेको अनमोलले बताए । तर, पनि एउटा फरक कथामा काम गरौ भन्ने सोचका कारण यो चलचित्र निर्माण संभव भएको बताए ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले नायक अनमोल केसीलाई फुटबलको ट्रेनिङ दिन सजिलो भएको बताए । उनले भने–‘अनमोलमा कामप्रतिको लगाव खुबै रहेछ । यसैले पनि उनलाई फुटबलको बिषयमा सिकाउन मलाई सजिलो भयो ।’ हरि खड्काले अनमोललाई फुटबलको ट्रेनिङ दिएका थिए ।

निर्माता भूवन केसीले नेपाली चलचित्रमा खेलकुदको कथामा पनि चलचित्र निर्माण हुनुपर्छ भन्ने सोच आफूमा पहिलेदेखि नै रहेको बताउँदै निर्देशक दिवाकर भट्टराई र सिंगो टिमका कारण यो संभव भएको बताए ।

नायिका उपासना सिंह ठकुरीले यो चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । ‘रहर छ मेरो’ बोलको गीतका संगीतकार अर्जुन पोखरेलले अनमोल केसीले यो गीत सुन्ने वित्तिकै मन पराएको भन्दै गीतले प्रेमको भाव बोल्ने बताए । फागूण १७ गतेबाट रिलिज हुने चलचित्रका लागि उत्साहित रहेको अनमोलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment