Comments Add Comment

अनमोल र उपासनाको ‘रहर छ सँगै’ ट्रेन्डिङको पहिलो नम्बरमा

नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’को ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक भएको करिब १२ घन्टामै नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । यो गीतलाई दर्शकले निकै राम्रो प्रतिक्रिया पनि दिएका छन् ।

अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अन्जु पन्तको आवाज, दिग्गज धौरालीको शब्दमा तयार भएको गीतलाई दर्शकले रुचाएका छन् । यो गीत सार्वजनिक भएको समयमा नै युटुबमा निर्माता गोविन्द शाहीले चलचित्र ‘लिलिबिली’ पनि सार्वजनिक गरेका थिए । गोविन्दले एउटै समयमा चलचित्र सार्वजनिक गर्नुको कारण प्रष्ट वुझ्न सकिन्छ ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रलाई भूवन केसीले निर्माण गरेका हुन् । निर्माता भूवन केसीले गीतलाई मन पराइदिएको भन्दै खुशी व्यक्त गरे । नायक अनमोल केसीले दर्शकको मायाका लागि धन्यवाद दिएका छन् ।
यो चलचित्र फागूण १७ गते रिलिज हुँदैछ ।

चलचित्रले फुटबल खेलाडीको संघर्ष र सफलताको कथालाई उठान गरेको छ । कविराज गहतराजले यो गीतको भिडियोलाई कोरियोग्राफी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment