Comments Add Comment

घानामा किन हटाइयो महात्मा गान्धीको मूर्ति ?

२८ मंसिर, काठमाडौं । घानाको राजधानी आक्राको एक विश्वविद्यालय परिसरमा रहेको महात्मा गान्धीको प्रतिमा हटाइएको छ ।

घाना विश्व विद्यालय परिसरमा बसेको यो प्रतिमा भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले २०१६ मा अनावरण गरेका थिए ।

तर, विश्वविद्यालयका प्रवक्ताले यसलाई हटाउन अभियान सुरु गरे । उनको दाबी थियो, गान्धी ‘नश्लभेदी’ थिए र उनको ठाउँमा अफ्रिकाका नायकलाई प्राथमिकता दिनुपर्छ ।

विवाद बढेपछि घाना सरकारले पनि प्रतिमालाई त्यहाँबाट अन्यत्रै लैजाने बचन दिएको थियो ।

बुधबार यो प्रतिमा हटाइएको छ । विश्वविद्यालयले यसको पुष्टि गरेको छ र यसका लागि विदेश र क्षेत्रीय एकीकरण मन्त्रालय जिम्मेवार रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment