Comments Add Comment

विकाससँगै शिक्षा क्षेत्रमा विकृति थपियोः मन्त्री पोखरेल

२८ मंसिर, काभ्रे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा विकाससंगै विकृति र चुनौती थपिएको बताएका छन् ।

काभ्रे धुलिखेलमा काठमाडौं विश्वविद्यालयको २४ औं दीक्षान्त समारोह दोस्रो चरणको दिक्षीत सभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले देश विकासको सिलसिलामा थुप्रै चुनौतीहरु रहेको र ती चुनौतीहरुको सामना गरी त्यसलाई अवसरमा परिणत गर्न सक्नु पर्नेमा जोड दिए ।

उनले भने, ‘नागरिकको शिक्षा एक मौलिक अधिकार हो भन्ने प्रति हाम्रो संविधान कटिबद्ध छ र त्यसैले, सार्वभौम शिक्षापूर्ति कार्यक्षेत्र एक प्राथमिकता मात्र नभइ यो हाम्रो एउटा नैतिक अनिवार्यता पनि हो ।’ उनले थपे, ‘देशको शासन प्रणाली विकेन्द्रित हुँदै गएको अवस्थामा विभिन्न विधा का शिक्षा क्षेत्रलाई अगाडि बढाउन हामीसंग धेरै अवसरहरु प्राप्त भएको छ । प्रदेशहरुलाई आ-आफ्नो शिक्षा सम्बन्धी केन्ऽहरु -मेडिकल हब) र उत्तम केन्ऽहरु बनाउन ठूलो अवसर प्राप्त भएको छ । यसलाई सदुपयोग गर्न जरुर ठान्दछु ।’

१ हजार ३ सय जना विद्यार्थी दीक्षित

काठमाडौ विश्वविद्यालयको २४ औं दीक्षान्त समारोह दोस्रो चरणको शुक्रबार विश्वविद्यालयको प्राङ्गण धुलिखेलमा चीनका वरिष्ठ वैज्ञानिक तथा सन यात्सेन विश्वविद्यालयका प्रेसिडेन्ट प्रो. जुन लुओको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

स्कुल अफमेनेजमेन्ट, स्कुल अफ साइन्स, स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ आर्टस्, शिक्षा संकायका र पीएचडी, एमफीलसहित स्नातक र स्नात्तकोत्तर तहका १ हजार ३ सय जना दीक्षित भएका छन् ।

दीक्षित हुनेमा स्कुल अफ मेनेजमेन्टका ४ सय ५१ जना, स्कुल अफ साइन्सका २ सय ५७ जना, स्कुल अफ इन्जिनियरिङका २ सय ७९ जना, स्कुल अफ आर्टस्का २ सय २७ जना, शिक्षा संकायका १ सय ४७ जना रहेका छन् । दिक्षित हुने विद्यार्थीहरुमध्ये पुरुष ५३.६४ प्रतिशत अर्थात ७ सय ३० जना र महिला ४६.३६ प्रतिशत ६ सय ३१ जना रहेको विश्वविद्यालयले जनाएको छ ।

दीक्षित हुने विदेशी विद्यार्थीहरु अष्ट्रेलिया, भुटान, क्यानाडा, फ्रान्स, जर्मनी, भारत, पाकिस्तान, आयरल्याण्ड, वेलायत र अमेरिकाका विद्यार्थी गरी १० देखि २० जनासम्म रहने समेत जनाइएको छ ।

काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलो पटक नेपाली र इलेक्टि्रकल एण्ड इलोक्ट्रोनिक्स गरी २ विधामा पिएचडी उपाधी समेत प्रदान गरिएको छ ।

२४ औं दीक्षान्त समारोहसम्ममा गरी काठमाडौं विश्विद्यालयबाट २८ हजार ७ सय ९४ जना दीक्षित भैसकेको विश्वविद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment